काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले राष्ट्रियसभाको विषय प्रतिपक्षको मात्रै नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहले सदनमा गम्भीर कुरा बोलेको बताए।
उनले भने, ‘जब ब्रिटिसबाट भारत स्वतन्त्र भइसकेपछि १९४७ मा भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि मोदीजी हुनुहुन्छ, दर्जनौँ प्रधानमन्त्री फेरबदल भए र कुनै पनि प्रधानमन्त्रीले भारतको जमिन नेपालले मिचेको छ भन्ने न बोलेको सुनेका छौँ, न इतिहासमा लेखेको सुनेका छौँ। यो विषय गम्भीर विषय हो।’
उनले विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा चीन र भारतले लिपुलेक, लिम्पियाधुराको विषयमा कूटनीतिक नोट पठाएको स्मरण गरे।
उनले थपे, ‘तर चीनले त्यसको जवाफ दिएको छ र भारतले त्यसको जवाफ दिएन र उहाँलाई औपचारिक रूपमा भारतमा निमन्त्रणा समेत गर्यो। त्यसैले राष्ट्रियताको सवाल प्रतिपक्षको मात्र होइन। भारत र नेपाल सरकारले एउटा प्रबुद्ध समूह गठन गरेको छ। त्यसको प्रतिवेदन भारत सरकारलाई पनि बुझाएको छ, नेपाल सरकारलाई पनि बुझाएको छ। त्यो प्रधानमन्त्रीको कार्यालयमा छ कि परराष्ट्र मन्त्रालयको कार्यालयमा? त्यो प्रतिवेदनलाई अध्ययन गर्दा करिब–करिब ९७ प्रतिशत समस्याको हल भएको त्यहाँबाट बुझिन्छ।’
उनले जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे। उनले गृहमन्त्रीलाई चोख्यानको लागि छलछाम समिति बनाइएको बताए। उनले छानबिन समितिको प्रतिवेदन नै सार्वजनिक नगरी फेरि मन्त्रालयमा फर्काएको भन्दै आपत्ति जनाए।









































