दाङ । लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा कार चालकसहित पाँच जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि बाँकेतर्फ पठाइएको छ । ट्याङ्कर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बस्ने ३४ वर्षीय शिवनारायण थारुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घाइते हुनेमा कार चालक दाङ शान्तिनगर–६ बस्ने २५ वर्षीय दिपेश भण्डारी, कारमा सवार सुर्खेत गुर्बाकोट नरपालिका–४ बस्ने २७ वर्षीया गीता बिक, गुर्बाकोट–१ बस्ने ६१ वर्षीय मादले बिक, दाङको तुलसीपुर–९ बस्ने २५ वर्षीय कपिल केसी र बाँकेको कोहलपुर–१० बस्ने ३२ वर्षीया कौसिला बिक रहेका छन् ।









































