काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए ।







































