वि.सं.२०८३ जेठ २१ बिहीवार

कतार प्रहरीमा जागिर लगाई दिने भन्दै ७५ लाख ठगी गर्ने विजय केसी र गंगादेवी तिमल्सिना फरार

khanepani

काठमाडौं । वैदेशिक रोजगार अन्तर्गत कतारको प्रहरीमा जागिर लगाइ दिने प्रलोभन देखाएर ठूलो रकम ठगी गर्ने विजय केसी नाम गरेका एक व्यक्ति फरार भएको भन्दै सम्बन्धित निकायमा उजुरी परेको छ ।

केही ढिला गरी प्राप्त कागजात अनुसार विभिन्न प्रलोभन देखाई पैसा ठगी गर्नेमाथि कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दर्ता भएको बताइएको छ । निबेदक जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. १ उदीपुर दलाल बस्ने फर्स बहादुर गुरुङको छोरा सोसन गुरुङले जिल्ला कास्की लेखनाथ महानगरपालिका पोखरा घर भएका विजय केसी र अन्यलाई अनुसन्धान गरी कारबाहीको माग राख्दै उजुरी हालेको बताइएको छ ।

उजुरी अनुसार उनी हाल कतार पुलिसमा भएको र गाँउका मानिसहरुलाई समेत आउनका लागि सहयोग गर्ने भनि प्रलोभन देखाई बिश्वासमा पारी हामीहरु सबैलाई पठाउने भनी निजले प्रयोग गरेको व्हाट्सएप नं ९७४७२०४८६३० र ९७०८८८२५०४ बाट सम्पर्क भई कुरा कानी गरी विश्वास दिलाएको तर पैसा पाएपछि फरार भएको उल्लेख गरिएको छ ।

कतार पुलिसमा रोजगारीका लागि सजिलै झिकाउँछु भन्ने खालको प्रलोभन देखाएर निजले दिएको विजय केसीको नाममा रहेको ग्लोवल आईएमई बैंकको खाता नम्बर ०३३०९०१२४०२०७७ मा ५५ लाख र गंगादेवी तिमल्सिनाको नामममा रहेको सिटिजन बैंकको खाता नम्बर ०९२०१००००००९४०४१ मा २० लाख रुपैयाँ गरि कुल ७५ लाख रुपैयाँ ठगी गरी सम्पकीविहीन भएको उजुरीमा उल्लेख गरिएको छ ।

सो ठगीमा विजय र गंगादेवीको सयुक्त योजनामा हामी माथि ठगी गरी अहिले फरार रहेको समेत बताइएको छ । उनीहरु हाल १ महिनादेखि सम्पर्क बिहीन भएको समेत निवेदक गुरुङले उजुरी निवेदनमा उल्लेख गरेका छन् । सो उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय लमजुङले अपराध अनुसन्धान तथा कारवाही शाखाबाट नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभाग, बालुवाटार, काठमाडांैलाई पत्र लेखी बैंक विवरण माग गरेको बताइएको छ ।

लमजुङ बेसीशहर नगरपालिका वडा नं. १ उदीपुर बस्ने सोसन गुरुङ समेत ३ (तीन) जनालाई जिल्ला कास्की पोखरा महानगरपालिका लेखनाथ बस्ने बिजय केसीले कतार प्रहरीमा जागिर लगाईदिने र शुरुको प्रकृयाको लागि रकम लाग्ने भनी प्रलोभनमा पारी आफ्नो खातामा रकम जम्मा गर्न लगाई सम्पर्कविहीन भएकाले उनीहरुको बैंक विवरण उपलव्ध गराउन पत्रचार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले आबश्यक अनुसन्धान गरी कारवाही गरिपाउँ भनी दिएको निवदेन अनुसार उक्त बैंक खाताको विवरण झिकाई अनुसन्धान गर्नु पर्ने देखिन आएकाले उक्त बैंक खाताको सन् २०२४÷११÷०१ देखि २०२४÷०१÷०१ सम्मको विवरण खुलाई पठाउन समेत अनुरोध गरिएको बताइएको छ ।

प्रहरीले उल्लेखित बैंक खाता सञ्चालनको लागि पेस गरेको सम्पूर्ण कागजात सहितको केवाईसी विवरण, उल्लेखित बैंकबाट रकमान्तर भएको अन्य बैंक खाता, ई–सेवा, खल्ती तथा अन्य डिजिटल वालेटहरुको विवरण र उल्लेखित बैंक खाताहरुको मोबाईल बैंकिङ सञ्चालनको लागि पेश गरेको फारम समेतको विवरण पठाउन भनिएको बताइएको छ । यसरी बैदेशिक रोजगारको प्रलोभन देखाई ७५ लाख रुपैयाँ ठगेर फरार भएका केसी र तिमल्सिनालाई पक्राउ गरी हदैसम्मको कारबाहीको माग समेत पीडित पक्षले राखेका छन् ।

ranechhap