वि.सं.२०८३ जेठ २१ बिहीवार

सुनचाँदीको मुल्य घट्यो आज कतिमा हुँदैछ कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको पाँच हजार दुईसय ८५ रुपैयाँ कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको पाँच हजार तीनसय ७० रुपैयाँमा कारोबार भएको थियो ।

ranechhap