सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कंडेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम बुधवारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ । सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
नीति तथा कार्यक्रमको प्रारम्भ वाचन गरेका जोशीले त्यस उताको नीति तथा कार्यक्रमको वाचनका लागी मुख्यमन्त्री कंडेललाई नै आग्रह गरेका थिए । ‘माननीय सभामुख तथा सदस्यज्यूहरू । मैले नीति तथा कार्यक्रम यति नै वाचन गरे । यसमा समय लाग्ने र स्वास्थ्यमा पनि असहजता भएकाले मुख्यमन्त्रीज्यूलाई वाचन गर्न आग्रह गरेँ,’ प्रदेश प्रमुख जोशीले भने ।
त्यसलगत्तै सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई नै रोस्ट्रम प्रयोग गरेर नीति तथा कार्यक्रम वाचन गर्न अनुमति दिइन् ।
सामान्य तय प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै वाचन गर्ने परम्परा रहँदै आएको छ ।








































