वि.सं.२०८३ जेठ २१ बिहीवार

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

khanepani

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।

उनका अनुसार अर्को बैठक भोलि दिउँसो १२ः१५ बजे बस्नेछ।

विपक्षीले प्रधानमन्त्रीले प्रतिनिधि सभामा सीमाबारे बोलेको विषयलाई लिएर राष्ट्रियसभामा पनि विरोध गरेका हुन्। विपक्षीको अवरोध कायम रहने भएकाले १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

ranechhap