वि.सं.२०८३ जेठ १८ सोमवार

सिंहदरबार गेटमा प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध नाराबाजी, नेविसंघका ६ कार्यकर्ता पक्राउ

khanepani

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले सिंहदरबार गेटअघि प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको उक्त भनाइ गैरजिम्मेवार रहेको भन्दै नेविसंघका नेताहरूले नाराबाजी गरेका थिए ।

प्रदर्शनको क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे पक्राउ परेका छन् ।

उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेर राखिएको छ ।

ranechhap