वि.सं.२०८३ जेठ १५ शुक्रवार

संविधान र संघीयतामाथि भइरहेका प्रहारलाई सबै मिलेर निस्तेज पारौँ : मुख्यमन्त्री कार्की

khanepani

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र संघीयताप्रति विभिन्न कोणबाट भइरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पुर्‍याउन भइरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भइरहेकोप्रति सजग हुन आग्रह गरे ।

लोकप्रियतावादका नाममा भइरहेका क्रियाकलापले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेका उपलब्धि गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण्डता नै संकटमा पर्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रमअघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि बाट निकालिएको झाँकीसहितको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, मंत्रीहरु, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।

ranechhap