वि.सं.२०८३ जेठ १३ बुधवार

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

khanepani

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दैलेख गुराँस गाउँपालिका-३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।

पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका-११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap