काठमाडौं । सभामुख डोलप्रसाद अर्याल पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताएका हुन्।
उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने बताए।
नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गरे। जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्ने गरी काम गर्न आग्रह गरे।








































