काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानमा उनीहरूले जित निकालेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत ल्याएर जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत मात्रै प्राप्त गरे ।
कोषाध्यक्षमा निर्वाचित प्रधानले अम्बिका पौडेललाई हराएका हुन् । प्रधानले ६१ मत ल्याउँदा पौडेलले २५ मत मात्रै प्राप्त गरेका छन् ।








































