काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरिन् ।
सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताइन् । उहाँले किसानले समयमा आफनो वस्तुहरुको उचित मूल्य नपाउँदा युवाहरु उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।









































