वि.सं.२०८३ जेठ ५ मंगलवार

सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परे चार जना, सिफारिस समितिले बोलायो छलफलमा

khanepani

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये चार जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिका अनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते छलफलमा बोलाएको छ ।

छलफलपछि सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।

ranechhap