काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताए।
उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा उपस्थित नहुने प्रवृत्तिमाथि प्रश्न उठाए। उनले सोधे, ‘प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन?’
उनले प्रतिपक्षलाई सरकार सञ्चालनको जिम्मा दिन चुनौती दिए।
उनले भने, ‘म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईँहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुस्। हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ।’








































