वि.सं.२०८३ जेठ ५ मंगलवार

भावुक बन्दै सन्दीपले भने, ‘टियु मैदानमा पाइला टेक्दा देशका लागि राम्रो गर्ने सपना देखेको थिएँ’

khanepani

काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राख्न सफल भएका छन्।

स्कटल्याण्डमाथि ६ विकेटको जितमा सन्दीपको पनि योगदान रह्यो। उनले १० ओभरमा ४७ रन खर्चेर तीन विकेट लिए।

जितपछिको म्याच कन्फरेन्समा सन्दीप भावुक बने। उनलाई विश्व कीर्तिमानलाई लिएर कसरी बयान गर्नुहुन्छ ? भन्ने प्रश्नमा सन्दीप भावुक बने।

उनले टियु मैदानमा पहिलोपटक पाइला टेक्दा देशका लागि राम्रो सपना देखेको स्मरण गर्दै उनले भने ‘खुसी छु, कसरी बयान गरौं। राम्रो लाग्छ। कसैले पहिलो दिन टियु मैदानमा पाइला टेक्दा देशका लागि केही गर्ने एउटा सपना देखेको थियो। तपाईं राम्रो सोचले अगाडि बढ्नुहुन्छ भने राम्रो हुँदै जान्छ। बयान गर्न सकिँदैन। धेरै जनाको साथ सहयोग छ। अझै आगामी दिनमा राम्रो गर्न सकुँ।’

उनले अगाडि भने ‘ब्रेन्डन म्याकमुलेनले राम्रो खेल्दै हुनुहुन्थ्यो। त्यस्तो अवस्थामा उहाँको विकेट लिनु र रेकर्ड पनि बन्नु सुनमा सुगन्ध भयो।’

ranechhap