काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार मंगलबार भएको दुईबीचको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।
सोमबार मात्र राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
मंगलबारबाट त्यसै नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने भएकाले सदन बस्नुअघि सभामुख शीतल निवास पुगेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।






































