काठमाडौं । सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्ने घोषणा गरेको हो ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने घोषणा गरेको छ ।




































