वि.सं.२०८३ वैशाख २८ सोमवार

आमाको हैसियत ट्रान्सफर हुन्छ, सानो केटीलाई पनि आमा भन्न मिल्छः सुशीला कार्की

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन शाहको श्रीमतीलाई ‘राष्ट्रिय माता’ मान्नुपर्ने तर्क गरेकी छन् । हिन्दू संस्कृतिमा सानो उमेरका केटीलाई पनि आमा वा माता मान्न सकिने उनको भनाइ छ ।

कार्कीले दुई दिन अघि आक्रोशित अभिव्यक्ति दिँदै अबदेखि आफूलाई नभन्न र बालेनकी पत्नीलाई आमा भन्न आग्रह गरेकी थिइन् । हिजो ‘एक मुठ्ठी बादल’ नामक चलचित्रको प्रिमियरमा अतिथिका रूपमा पुगेकी उनलाई सञ्चारकर्मीले यही विषयमा सोधेका थिए । कार्कीले आफ्नो अभिव्यक्तिको बचाउ गरिन् । प्रश्न सोध्ने पत्रकार मन नपरेकाले आफू उसको चाहिँ आमा नभएको बताइन् ।

उनले भनिन्, ‘मलाई पत्रकार मन नपरेको हो । त्यो व्यक्तिले मेरो ज्यादै ब्याक बाइटिङ गर्‍यो । मेरो यति बेइज्ज्यती गरेको छ त्यो व्यक्तिले, जहाँसुकै यसले राष्ट्र खत्तम पारी, रातभरि राजदूतहरू बालुवाटारमा बस्छन् भनेर भनेकाले म त्यसको चाहिँ आमा होइन । म मेरो बुहारीको, छोरोको, भतिजाको सबैको आमा हो ।’

राष्ट्रिय आमाको हैसियत पनि हस्तान्तरण हुने कार्कीले तर्क गरिन् ।

उनले थपिन्, ‘आमा पनि ट्रान्सफर हुन्छ । अहिले गलत इन्फर्मेसन गइरहेको छ । आमाको हैसियत पनि टान्सफर हुन्छ नि । हाम्रो हिन्दू संस्कृतिमा सानो केटीलाई पनि आमा भनिन्छ । मैले बालेनजीको सपथमा नै अब आजदेखि मेरो दर्जा उत्रियो, बालेनजीको म्याडम, हाम्रो छोरीजस्तो भए पनि, हामी त हजुर आमा भइसक्यौँ, अब उहाँलाई माताश्री मान, राष्ट्रिय माता मान भन्या हो । त्यहाँ उसले पेश गर्दा गलत पेश गर्‍यो ।’

ranechhap