वि.सं.२०८३ वैशाख २७ आइतवार

नेपाली कांग्रेसको वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन २५०० रजिस्ट्रेसन शुल्क

khanepani

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्ने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा सहभागी हुनेले २५०० सय रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले वैशाख २३ गते सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई लेखेको पत्रमा शुल्कबारे उल्लेख छ ।

‘कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने छ । प्रत्येक सहभागीले रजिस्ट्रेसन बापत रु २५०० बुझाउनु पर्नेछ,’ कार्यवाहक मुख्यसचिव दुलालले पत्रमा लेखेका छन् ।

यस अघि गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न भन्दै सुदूरपश्चिममा वैशाख ६ गते कार्यक्रम आह्वान गरिएको थियो । त्यो कार्यक्रम स्थगित गरिएको थियो ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले स्थगित गरिएको कार्यक्रम पुनः गर्न लागिएको जानकारी दिए ।

ranechhap