वि.सं.२०८३ भदौ २८ आइतवार

प्रमुख सचेतकको जिम्मेवारी पाएपछि ऐन महरको प्रतिबद्धता- जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्छु

khanepani

बझाङ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त प्रतिनिधिसभा सदस्य ऐन महरले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महरले पार्टीले दिएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै पूर्ण निष्ठा र इमान्दारिताका साथ काम गर्ने बताएका छन्।

उनले संसदीय दलको कामकारबाहीलाई प्रभावकारी बनाउँदै लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने उल्लेख गरेका छन्।

महरले नेकपा एमालेलाई नेपाली जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्दै राष्ट्रको निर्णायक शक्ति बनाउने दिशामा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै उनले बझाङवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ, पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग विश्वासको अपेक्षा गरेका छन्।

प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेकोमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’सहित सम्पूर्ण नेतृत्व पंक्तिप्रति आभार व्यक्त गरेका छन्।

यसैबीच, संसदीय दलको सचेतकको जिम्मेवारी पाएकी सांसद नीता घतानीलाई समेत महरले बधाई दिएका छन्।

ranechhap