वि.सं.२०८३ वैशाख ११ शुक्रवार

अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु साझा दायित्व भएको उल्लेख गरेका छन् ।

‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,’ थापाले भनेका छन्, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’

ranechhap