वि.सं.२०८३ वैशाख ११ शुक्रवार

इरान युद्धले ३ करोडभन्दा बढी गरिबीमा धकेलिन सक्ने चेतावनी

khanepani

काठमाडौँ । इरान युद्धका कारण विश्वभर गरिबी र खाद्य संकट बढ्ने खतरा देखिएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रमुख अलेक्जेन्डर डी क्रूले युद्धको प्रभावले ३ करोडभन्दा बढी मानिस फेरि गरिबीमा धकेलिन सक्ने चेतावनी दिएका छन् । उनले युद्ध तत्काल अन्त्य भए पनि यसको असर लामो समयसम्म रहने बताए । इन्धन र मल आपूर्तिमा आएको अवरोधले विशेषगरी गरिब देश र सर्वसाधारणमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।

उनका अनुसार आगामी केही महिनामा विश्वस्तरमै खाद्य असुरक्षा उच्च बिन्दुमा पुग्न सक्छ । यस्तो अवस्था नियन्त्रण गर्न सीमित उपाय मात्रै उपलब्ध रहेको उनले उल्लेख गरेका छन् ।

यसैबीच, युद्धका कारण विश्व अर्थतन्त्र पनि प्रभावित भएको छ । अनुमानअनुसार विश्वको कुल आर्थिक उत्पादनमा ०.५ देखि ०.८ प्रतिशतसम्म क्षति भइसकेको छ ।

डी क्रूले केही साताको युद्धले दशकौंमा भएको आर्थिक तथा सामाजिक प्रगति समेत नष्ट गर्न सक्ने भन्दै तत्काल समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

ranechhap