वि.सं.२०८३ वैशाख १० बिहीवार

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

khanepani

काठमाडौँ । नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएको र उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएको छ ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको कडा निन्दा गरेको छ । यस्ता गतिविधिले नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने तथा सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । साथै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

ranechhap