काठमाडौं । कास्की प्रहरीले रातभर १० घण्टा स्वीप अप्रेसन चलाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले १० घण्टा चलाएको स्वीप अप्रेसनमा १२२ जनालाई पक्राउ गरेको छ ।
कास्कीमा लागू औषध बिक्री बितरण गर्ने सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा समाजमा धम्की दिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबार गते साँझ ९ बजेदेखि आज बिहान ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट एकै पटक स्वीप अप्रेशन गरेको थियो ।
कास्कीका विभिन्न वडा एरियाहरुमा लागू औषध बिक्री बितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिड्ने, तथा रातिको समयमा शंकास्पद रुपमा हिडडुँल गर्ने १२२ जनालाई नियन्त्रणमा लिएको निमित्त सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए । स्वीप अप्रेसनमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट १०० जना प्रहरी परिचालन गरिएको उनले बताए ।
प्रहरीले पोखरा महानगरपालिका वडा नं. १,२,३,४,५ कसेरी, बाग्लुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा, प्रस्याङबाट ९ जना,
लेकसाईड, ड्यामसाईड, गैराको चौताराबाट ३५ जना, बगाले टोल, सभागृह चोक, शिवालय चोकबाट ६ जना,
पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक एरियाबाट २० जना, तुल्सिघाट, शितलादेवी, काँहुडाँडा, काँहुखोला एरियाबाट ८ जना, एयरपोर्ट, फुलवारी, खसिबजार रामबजार एरियाबाट १५ जना,बाटुलेचैर, लामाचौरबाट २ जना, चिसापानी, मेथलाङबाट २ जना, , २८ दिपाङताल, रिठेपानी एरियाबाट ६ जना,भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख एरियाबाट १२ जना, राजाचौतारा, लामेआहाल डम्पिङ साईडबाट ३ जना,माछापुच्छ्रे गाँउपालिका एरियाबाट ३ जना, अन्नपुर्ण गा.पा १ नौडाँडाबाट १ जना पक्राउ गरेको हो ।
कास्की प्रहरीको स्वीप अप्रेसन निरन्तर चलिरहने तथा टोले गुण्डा, लागू औषध सेवन कर्ता, मा।प।से। गी होहल्ला गर्ने, समाजमा अशान्ति फैलाउने, सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने आदी उच्छृङखल गतिविधी गर्ने व्यक्तिहरुलाई निरन्तर पक्राउ गरी कारवाही उनले जानकारी दिए ।









































