वि.सं.२०८३ वैशाख ९ बुधवार

साथीहरूले परिस्थिति बुझ्नुहुन्छ, सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सबै नेताहरूसँग आफू संवादमा रहेको बताए।

उनले भने, ‘पार्टीको अहिलेको अवस्थालाई पनि मध्यनजर गरेर सबै पार्टीका साथीहरूले यसलाई बुझ्नु पनि हुन्छ। पार्टीभित्र व्यापक एकताको पहलको हामी गरिरहेका छौँ, हामी सबै मिलेर १५ औँ महाधिवेशन तिर जान्छौँ त्यसका लागि सबै साथीहरूसँग संवादमा छु।’

उनले संविधानको कार्यान्वयन, सुशासन र जनतासँग जोडिएका विषयहरूमा सरकारलाई समर्थन रहेका बताए।

उनले भने, ‘हामी सरकारले गरेका कामहरू माथि प्रश्न उठाउँदै गर्दा पनि तथ्यमा आधारित भएर प्रश्न उठाउँछौँ। हामी कतिपय कुराहरूमा विकल्प सहित हाम्रो आफ्नो सुझावहरू दिन्छौँ। तर जहाँ संविधान कार्यान्वयन गर्ने कुराको सन्दर्भमा, विधिको शासनका सन्दर्भमा, डेमोक्रेसीका आधारभूत कुराहरूको सन्दर्भमा र जनहितका विषयहरूका सन्दर्भमा जहाँ सरकार चुक्छ, त्यहाँ सबै भन्दा दरिलोसँग नेपाली कांग्रेस पार्टी उभिन्छ।’

भदौ २४ को घटनाका बारेमा सरकारलाई तुरुन्त न्यायिक छानबिन आयोग बनाउनुपर्ने अडान रहेको बताए।

उनले थपे, ‘राज्यका निकायहरूले पनि कानुनको पालना गर्नुपर्छ। राज्यका निकाय आफैँ छाडा हुन थाल्यो भने त्यसले डेमोक्रेसीलाई झन् डिरेल गर्छ। सरकारले कतिपय कुराहरू लहडका भरमा आफ्ना मन मन लागेका कुराहरू गर्ने कुराका आधारमा कानुनहरूलाई मिचेको उल्लङ्घन गरेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छौँ।’

ranechhap