वि.सं.२०८३ वैशाख ५ शनिवार

रास्वपा संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो ।

‘गणेश पराजुली संसदीय दलको उपनेता, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् ।

ranechhap