काठमाडौं । नेपालकै सबै भन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष वैशाख ८ गतेबाट सुरु हुँदैछ ।
ललितपुरको पुल्चोक क्षेत्रमा अहिले रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ।
परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो विशाल रथ करिब ६० फिट अग्लो हुने गर्छ, जसलाई स्थानीय कालिगढहरूले विशेष धार्मिक विधि अनुसार तयार पारिरहेका छन्।
रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ। मच्छिन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास रहि आएको छ।







































