काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि गम्भीर प्रश्न उठाएका छन् ।
सञ्जालमार्फत् किरातीले देशभित्र रोजगारी र सम्पत्ति आर्जनको अवसर सीमित भएको भन्दै लाखौं युवा विदेशिन बाध्य भइरहेको अवस्थामा केही व्यक्तिले नेपालमै असामान्य रुपमा ठूलो सम्पत्ति जोडेको तथ्यले शंका उत्पन्न गरेको बताए ।
उनले लेखेका छन्, ‘एक जना भुक्तभोगीले भन्थे, अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ ।’
किरातीले कानुनी रुपमा सम्पत्ति विवरण बुझाउँदा स्रोत पनि खुलाउनुपर्ने व्यवस्था भए पनि ती विवरणमा देखिएको सम्पत्तिको वास्तविक स्रोत र त्यसमा तिरिएको करबारे राज्यले गम्भीर रुपमा जाँच गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मेरो जानकारीमा, सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ। तर राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन ? छैन भने कानुन अनुसार कारबाही होस् बालेन्द्र सरकार ।’
हिजो प्रधानमन्त्री बालेन्द्र र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।







































