वि.सं.२०८३ वैशाख ३ बिहीवार

ललितपुर महानगरपालिकाले सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा दिने

khanepani

काठमाडौँ । ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक बिदा दिइएको शनिबार र आइतबार पनि महानगरबाट सेवा दिने निर्णय गरेको महानगरले जनाएको छ ।

विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै महानगरले सार्वजनिक बिदाका दिनहरू समेत सेवा प्रवाह गर्ने जनाएको हो । यस्तो निरन्तर सेवा उपलब्ध हुने क्षेत्रहरूमा नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ र एकद्वार पर्यटन सेवा रहेका छन् । यी सेवाहरू जनताको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग र शाखामा कार्यरत कर्मचारीहरूलाई समेत तोकिएको समय र बिदाको तालिका अनुसार कार्य गर्न र गराउन निर्देशन दिइएको छ ।

ranechhap