वि.सं.२०८३ वैशाख २ बुधवार

झापा र सर्लाहीबाट ८ लाखभन्दा बढी मुल्यको काठ बरामद

khanepani

काठमाडौँ । झापा र सर्लाहीबाट सशस्त्र प्रहरीले ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको ३ सय ३२ क्यूफिट काठ बरामद गरेको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका–२ बाट ७ लाख ४४ हजार रुपैयाँ बराबरको १८६ क्यूफिट खयरको गोलिया काठ बरामद गरिएको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले बरामद गरेको हो ।

त्यसैगरी सर्लाही जिल्लाको विष्णु गाउँपालिका–२ स्थित नदियापकडीबाट चैत्र २७ गते ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको १३६ क्यूफिट सिमल लगायतको गोलिया काठ बरामद गरिएको छ ।

ज १ त २९४९ नम्बरको ट्याक्टरमा लोड गरी गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराले नियन्त्रणमा लिएको हो ।

बरामद काठ तथा ट्याक्टर आवश्य कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ

ranechhap