काठमाडौं । प्रहरीले राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा राख्ने युवकलाई पक्राउ गरेको छ ।
नक्साल भगवती बाहल मन्दिर नजिकै राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा राख्ने युवकलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो ।
ती युवकले अनुमतिविना भिडिओ खिचेर आफनो सामाजिक सञ्जालमा राखेका थिए । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै पीडित पक्षलाई सम्बन्धित कार्यालय वा नजिकैको प्रहरी कार्यालय मार्फत उजुरी दिई थप अनुसन्धानमा सहजिकरण गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले कुनै पनि भिडियो निर्माण वा प्रतिक्रिया व्यक्त गर्नु अघि अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमाआँच आउने किसिमका कार्य नगर्न अनुरोध गरेको छ ।









































