वि.सं.२०८३ वैशाख ५ शनिवार

प्रधानमन्त्री बालेन शाहले गरे उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त

khanepani

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन्। उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन्।

गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए।

पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए।

यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।

ranechhap