वि.सं.२०८३ वैशाख ७ सोमवार

सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेकाे आराेपमा ४ जना चन्द्रागिरिबाट पक्राउ

khanepani

काठमाडौं । सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेकाे आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. ८ बस्ने ३० वर्षीय राजिव पन्त, २६ वर्षीय रोहन पन्त, ३१ वर्षीय विनोद पन्त र ३४ वर्षीय अस्मित सिटौला रहेका छन् ।

उनीहरुले मंगलबार दिउँसो साढे १ बजे चन्द्रागिरि नगरपालिका ८ झम्सीखेलमा चन्द्रागिरि नगरपालिका ७ बस्ने एक व्यक्तिलाई अपशब्द बोली गाली गलौज गरी तथा हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरी घाइते बनाएका थिए । युवकमाथि सामुहिक कुटपिट गर्दै गरेकाे भिडिओ सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको गुनासो आएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

ranechhap