वि.सं.२०८३ वैशाख ७ सोमवार

घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

khanepani

काठमाडौं । घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्ढीराज दाहालविरुद्ध मुद्दा दायर भएको छ ।

विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस लिएर लुकाएको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ माग दाबीसिहत विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

ranechhap