काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने भएका छन ।
सर्वोच्चको परमादेशपछि ओली लेखकविरुद्ध मुद्दा लैजाने तयारी पुरा नभएपछि बिहीबार हाजिरी जमानीमा रिहा हुने स्रोतले दावी गरेको छ ।
ओली र लेखकलाई बालेन्द्र साह सरकार गठन भएकै दिन रातभर सल्लाह गरेर पक्राउ गरिएको थियो । जिल्ला अदालतले तीन पटाक गरेर १२ दिनको म्याद थप गरेको अवस्थामा सर्वोच्चले परमादेश जारी गर्दै म्याद नथप्न निर्देशन दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले ओली लेखकविरुद्ध मुद्दा लैजाने कुनै तयारी नभएकाले हाजिरी जमानीमा रिहा गर्ने संकेत गरेको छ । मुद्धा लैजान समय नपुग्ने भएकाले प्रहरीको प्रतिवेदन आएपनि अध्यायन गर्न समय लाग्ने र अभियोजनसम्म जान समय नपुग्ने भएकाले रिहा हुने दाबी गरेको छ ।









































