काठमाडौँ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय मस्यौदा समिति बनाएको हो ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समिति प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदले समर्थन गरेपछि मस्यौदा समितिले सर्वसम्मत घोषणा भएको हो ।
पराजुली नेतृत्वको समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव यज्ञमणी न्यौपाने, सुलभ खरेल छन् ।
मस्यौदा समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ ।
समितिको कार्यअवधि जम्मा दुई हप्ता अर्थाते १४ दिनको हुनेछ ।









































