काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा भण्डारीलाई उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
नेकपा एमाले सांसद भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।









































