वि.सं.२०८३ वैशाख ६ आइतवार

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

khanepani

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार अदालतले ओली र लेखकलाई थुनामा राख्न थप पाँच दिन म्याद थप गरेको हो । यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन बारे जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।

यसैबीच ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी रहेको छ । आइतबारको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ र अब अर्को सुनुवाई सोमबार हुदैछ ।

ranechhap