वि.सं.२०८३ वैशाख ६ आइतवार

एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

khanepani

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ ।
बालबालिकासम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले उनलाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजसालले आदेश जारी गरेको हो ।

ranechhap