वि.सं.२०८३ वैशाख ८ मंगलवार

इन्धन खपत कम गर्न भुटानी सरकारको निर्देशन- हिँडेरै अफिस जानू, अनावश्यक यात्रा नगर्नू

khanepani

काठमाडौं । भुटानको शाही सरकारले बढ्दो इन्धन अभावसँग जुध्नको लागि नयाँ निर्देशन जारी गरेको छ सरकारले इन्धन खपत कम गर्नको लागि तत्काल कार्यालयसम्म पैदल जान र घरबाट वा अफिस बाहिर बसेर काम गर्न निर्देशन दिएको छ ।

इन्धनको बढ्दो लागत र त्यसले राष्ट्रिय कोष तथा अर्थतन्त्रमा पारेको प्रभावलाई ध्यानमा राख्दै सरकारले सबै सार्वजनिक क्षेत्रका निकायहरू,मन्त्रालयहरू, संवैधानिक निकायहरू, न्यायपालिका, स्थानीय सरकारहरू, स्वायत्त निकायहरू, कम्पनीहरू, रोयल मोनेटरी अथोरिटी सरकारी स्वामित्वका उद्यमहरू तथा वित्तीय संस्थाहरूलाई इन्धन खपत कम गर्न यस्तो निर्देशन दिएको शाही सरकारले जनाएको छ ।

रोयल सिभिल सर्भिस कमिसनले अफिससम्म पैदल जानेर दूरस्थ कार्यको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक दिशानिर्देशहरू तयार गरी सार्वजनिक क्षेत्रका सबै निकायहरूमा लागू गर्ने राजा छेरिङ तोब्गेले सूचना जारी गरी भनेका छन् ।

साथै, सरकारले इन्धन खपत घटाउन अनावश्यक यात्रा नगर्न र भौतिक बैठक भन्दा भर्चुअल बैठकलाई प्राथमिकता दिन आग्रह गर्दै निजी क्षेत्रलाई समेत यस्तै उपाय अपनाएर राष्ट्रिय प्रयासमा सहयोग गर्न भनिएको छ।

यस सम्बन्धमा आवश्यक कार्यान्वयन मापदण्ड तयार पार्ने जिम्मा रोयल सिभिल सर्भिस कमिसन(आरसीएससी)लाई दिइएको छ।

निजी क्षेत्रलाई पनि इन्धन प्रयोगलाई सन्तुलित बनाउन र राष्ट्रिय प्रयासमा सहयोग गर्न यस्तै उपायहरू अपनाउन प्रोत्साहन गरेको छ।

ranechhap