वि.सं.२०८३ वैशाख ६ आइतवार

होटलमा बोलाएर विद्यार्थीलाई कुटपिट गरेको आरोपमा इलाममा शिक्षक र विद्यालयका सवारी चालक पक्राउ

khanepani

विराटनगर । इलामको देउमाई नगरपालिका मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक र विद्यालयका सवारी चालक पक्राउ परेका छन् ।

विद्यार्थीमाथि कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा शिक्षक र विद्यालयका सवारी चालक पक्राउ परेका हुन् ।

इलाम प्रहरी प्रमुख एसपी कुलदीप चन्दका अनुसार कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट तथा अपमानजनक व्यवहार गरेको घटना बाहिर आएपछि विद्यालयका शिक्षक अंकित दमाई र विद्यालयको बसका चालक सुशन मगरलाई पक्राउ गरिएको छ ।

अंकित प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङतर्फका सहायक प्रशिक्षक रहेको प्रहरीले जनाएको छ । शिक्षक दमाईले विद्यार्थीलाई मंगलबारे बजारस्थित एक होटलमा बोलाएर कुटपिट र अपमानजनक व्यवहार गरेको प्रहरीले बताए ।घटनासम्बन्धी भिडियोसमेत बाहिरिएको प्रहरीको भनाइ छ ।

केही दिनअघि सामाजिक सञ्जालमा भएको विवादसँग जोडेर विद्यार्थीलाई होटलमा बोलाएर कुटपिट गरिएको हुन सक्ने आशंका छ ।

ranechhap