काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठसँग ५ लाख धरौटी माग्ने आदेश दिएको हो ।
अदालतको आदेश लगतै श्रेष्ठ धरौटी बुझाएर रिहा भइसकेका अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।‘उहाँसँग ५ लाख रुपैयाँ धरौटी रकम माग भएको थियो । उक्त रकम बुझाएर उहाँ गइसक्नभयो,’ उनले भने । बिहीबार श्रेष्ठ अदालतमा उपस्थित भएका थिए ।अख्तियारले उनीलगायत विरुद्ध गत मङ्सिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।









































