वि.सं.२०८३ वैशाख ७ सोमवार

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आगामी चैत २४ गते मंगलबार आह्वान

khanepani

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आगामी चैत २४ गते मंगलबार आह्वान गरिएको छ।

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले चैत २४ गते मंगलबार अपराह्न ४ः०० बजे हिउँदे अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए। त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन्।

ranechhap