वि.सं.२०८३ वैशाख ६ आइतवार

बुटवलका १९ वटै वडामा राखियाे सूचना बोर्ड ‘जातीय छुवाछुत सचेतना’

khanepani

रूपन्देही । बुटवल उपमहानगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुनी सचेना जगाउने उदेश्यले सूचनाबोर्ड स्थापना गरेको छ । ६१ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर उपमहानगरपालिकाले सूचना बोर्ड स्थापना गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरको प्राङगणमा सूचना बोर्ड उद्घाटन गरे ।

उनले कानुनमा भएका प्रावधान कागजमा मात्रै सीमित नहोस् भन्नका लागि उपमहानगरपालिकाले कार्यालयमै सूचना बोर्ड स्थापना गरेर नयाँ अध्यायको सुरुवात गरेको बताए । उनले बुटवल सबैको हो भन्ने भावना जागृत गराउँदै दलित समुदायमाथि हुँदै आएको छुवाछुत अन्त्य गर्न लाग्ने बताए । उनले बुटवल उपमहानगरले सूचनाबोर्डसँगै सिप तथा विभिन्न सचेतनाका कार्यक्रम मार्फत आत्मनिर्भर बनाएको बताए ।

यस्तै, उपप्रमुख सावित्रादेवी अर्यालले संविधानमा भएका बिषयहरुलाई सूचना बोर्ड मार्फत सर्वसाधरणलाई जानकारी गराउन सूचना बोर्डले प्रभावकारी काम गर्ने बताईन ।

जातीय छुवाछुत कानुनी रुपमा दण्डनिय भएपनि व्यवहारमा देखिएकाले सेवाग्राहीले देख्ने गरी बुटवल उपमहानगर सहित १९ वटै कार्यालयमा सूचना बोर्ड स्थापना गरिएको हो । बार्षिक कार्यक्रम अनुसार नगरप्रमुख, उपप्रमुख दलित समुदायका तर्फबाट कार्यपालिका सदस्यहरु यामबहादुर सुनार, कृष्ण बहादुर सुनार, सुनिता खडलुक र बसन्ती विकको पहलमा सूचना बोर्ड स्थापना भएको हो ।

सूचना बोर्डमा जातीय भेदभाव र छुवाछुतसम्बन्धी जानकारी, छुवाछुत हुँदा हुने दण्ड जरिवना तथा उजुरी गर्ने निकायहरु उल्लेख गरिएको छ । कानुनले जातीय भेदभाव र छुवाछुतलाई दण्डनीय बनाएपनि यसबारे धेरै नागरिकले थाहा नपाएकाले सूचना बोर्डले विभेद अन्त्यमा सकरात्मक भूमिका खेल्ने अपेक्षा जनप्रतिनिधिहरुले राखेका छन् ।

ranechhap