वि.सं.२०८३ वैशाख १३ आइतवार

रास्वपाको समानुपातिक सूचीमा कोशी कार्यवाहक अध्यक्ष गोमा तामाङको असन्तुष्टि

khanepani

विराटनगर । रास्वपा कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् ।

कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको उनको गुनासो छ । अबका दिनमा संगठनमा धेरै असर नपर्ला भन्न नसकिने उनको चेतावनी छ । सामाजिक सञ्जालमा गोमाले आफूले कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाएको बताएकी छन् ।

जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम नसमेटिएको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो, ओखलढुंगाको बगरहरूमा घण्टी बोकेर पहिलो २०७९ को उम्मेदवार जसले सानो नानी च्यापेर रास्वपाको बीउ रोपेकी थिइन् । तर, उहाँको नाम परेन । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्यकला राई उहाँको नाम किन आएन ?’

केन्द्रीय नेताका वरपर भएकाले समानुपातिक सूचीमा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना भएको उनको टिप्पणी छ ।

गोमा तामाङ सुनसरी-१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन् । रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई कारबाही गरिएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

ranechhap