वि.सं.२०८३ वैशाख ६ आइतवार

हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक दुई तीन सम्भव छैन- महेश बस्नेत

khanepani

काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषारोपण गरेमा मुलुकमा द्वन्द हुने बताएका छन् ।

गुण्डुमा एमालेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै सचिव बस्नेतले कार्की आयोगको प्रतिवेदन सार्बजनिक गर्न माग गर्दै ओलीलाई मात्र दोषारोपण गरिएको भए मुलुक थप द्वन्दमा जाने दाबि गरेका हुन् ।

केपी ओलीलाई कारवाही गर्नुपर्ने कुनै कुरा नै छैन भन्दै उनले कारवाही गर्ने केहि स्थिति नआउने दाबि गरे । उनले भने- हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक दुई तीन सम्भव छैन, कुनै आधार पनि छैन । देखाएको छ भने त्यो गम्भीर पूर्वाग्रह राखेर यो आयोगले रिपोर्ट प्रस्तुत गर्यो भन्ने लाग्छ ।’

उनले भने- ‘७७ जानको मृत्युको सन्दर्भ, २३ गते १९ जनाको मृत्युको सन्दर्भ, जेलबाट रविजी सहित भाग्दा ११ जनाको मृत्युको सन्दर्भ, भाटभटेनी जलाउदा लुट्दा २१ जानको मृत्युको सन्दर्भ, ६ जान प्रहरी मरेको विषय कार्की आयोगले ल्याएको होला । सिंहदरबार जलाएको, अदालत जलाएको विषय आएका होलान भन्ने विश्वास छ ।’

उनले बाहिर आएका सबै विषयको छानबिन हुनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको बताए ।

ranechhap