वि.सं.२०८३ वैशाख २१ सोमवार

अक्सिजन प्लान्ट स्थापनाका लागि प्युठान अस्पताललाई १ करोड ५० लाख बजेट निकासा

khanepani

काठमाडौं । प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तारको लागि अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम बराबरको बजेट दिने सहमति भएको छ ।
प्युठान जिल्ला अस्पतालमा कोभिड विरामीहरुको चाप बढ्न थालेपछि त्यहाँ अक्सिजन अभाव हुन नदिन उक्त प्लान्ट निर्माण गर्न सो रकम दिन सरकार सहमत भएको हो ।

माननीय खानेपानी मन्त्री मणिचन्द्र थापाको विशेष पहलमा प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तारको लागि अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम बराबरको बजेटको स्रोत सुनिश्चित भएको मन्त्रीका स्वाकिय सचिव राजेन्द्र गौतमले बताएका हुन । यस महत्त्वूर्ण पहलले प्यूठान जिल्लामा कोभिड-१९ को बिरामीको चाप बढ्दै गइरहेको सन्दर्भमा प्यूठानी जनतालाई बिशेष राहत पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन । src=”https://nepalijanta.com/wp-content/uploads/2021/05/186508061_4095694050537883_3057889280154727340_n.jpg” alt=”” width=”666″ height=”960″ class=”alignright size-full wp-image-171000″ />

ranechhap