वि.सं.२०८३ वैशाख ५ शनिवार

गृहमन्त्री ओमप्रकाश अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

khanepani

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद दिएका छन् ।

निर्वाचनपछिको भर्चुअल समीक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोस्ट तथा ७७ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका हुन् । उनले रक्तपातविहीन रूपमा सम्पन्न भएको यो निर्वाचन केन्द्रदेखि फिल्डसम्म खटिएका कर्मचारी र सुरक्षा निकायको साझा प्रयासको परिणाम भएको बताए ।

उनका अनुसार यस ऐतिहासिक निर्वाचनपछि संविधानले सही दिशा समातेको र राजनीतिक सुशासनको आधार अझ मजबुत बनेको छ ।

बैठकमा सहभागी गृह सचिवसहित विभिन्न तहका सुरक्षा अधिकारीहरूले जिम्मेवारी इमानदारीका साथ पूरा गर्दा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट पनि उच्च प्रशंसा प्राप्त भएको बताएका थिए । उनीहरूका अनुसार विगत ३० वर्षयताकै सबैभन्दा कम त्रुटि भएको निर्वाचन सम्पन्न भएको अनुभव रहेको छ ।

सहभागीहरूले निर्वाचन सफल बनाउन गृहमन्त्री अर्यालले दिएको नेतृत्व र मार्गदर्शनको समेत प्रशंसा गरेका थिए।

ranechhap