वि.सं.२०८३ वैशाख २२ मंगलवार

मोरङ–६ मा शेखर कोइरालालाई पछि पार्दै रास्वपाकी रुविना आचार्यले लिइन् अग्रता

khanepani

मोरङ । मोरङ–६ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका नेता शेखर कोइराला पछि पार्दै रास्वपाकी रुविना आचार्यले अग्रता लिएकी छन् । मोरङ–६ को मत गणनामा काँग्रेसका उम्मेदवार शेखर कोइराला रास्वपा उम्मेदवार रुविना आचार्यसँग भारी मतान्तरले पछि परेका हुन् ।

प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाकी रुविना आचार्यले ३,४२३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ ।

ranechhap